बढ्नुसम्म बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

बिहीबार, जेठ ३, २०८१

बजारमा बिहीबार सुनको मूल्य तोलामा  १ हजार ६०० रुपैयाँ बढेर  १ लाख ४० हजार रुपैयाँ पुगेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बढेर तोलामा १ लाख ४० हजार रुपैयाँ पुगेको हो।  

यस्तै तेजाबी सुन तोलामा १ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।  यस्तै चाँदीको मूल्य पनि बिहीबार तोलामा १ हजार ८०५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ७४५ रुपैयाँ कारोबार भएको थियो । 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  ११:०७
प्रतिक्रिया दिनुहोस्