सोसल मिडिया
युनिकोड
प्रतिनिधिसभामा अगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल चलिरहेको छ। यो छलफलमा सत्तारूढ दल नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा उपस्थित छैनन् ।
सरकारको नीति तथा कार्यक्रमले दुई भाइ महामन्त्री लाई तानेन । थापा यूरोप र शर्मा सगरमाथा आरोहणमा हिडेपछी सदनमा खोजी हुन थालेको छ। नयाँ दुलही साउने पानी छल्न माईत गएको झल्को दिने गरि दुई भाइ महामन्त्री अगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल छल्दै अन्तै बरालिन पुगेका छन् ।
आजको प्रतिनिधिसभाको बैठकमा सत्तारुढ नेकपा (एमाले) का सांसद सूर्यबहादुर थापाले अगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सत्तारुढ दलकै अनुभवी नेताहरु सक्रिय नभएको बताएका छन्।
बिहीबारको प्रतिनिधि सभाको बैठकमा अगामी आर्थिक वर्षको विनियोजन विधेयका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद थापाले प्रि-बजेट छलफलमा सत्तारुढ दलकै ‘वाकपटु’ र ‘भेट्रान’ नेताहरु सक्रिय नहुँदा आश्चर्यमा परेको बताए। थापाले विश्वप्रकाश र गगनको नाम नलिएरै खोजी गरे।
सत्तारुढ दल नेपाली कांग्रेसकै सांसदले बजेट च्यातिने चेतावनी दिएकोप्रति असन्तुष्टि जनाउँदै थापाले भने, ‘नीति तथा कार्यक्रम र चालु बजेटका सिद्धान्त र प्राथमिकताको चालु बहसमा म केही वाकपटु माननीयज्यरुहरु र भेट्रान नेताज्यहरुलाई सक्रिय देखिरहेको छैन। मलाई आश्चर्य लागेको छ। हिजो त सत्तापक्षकै एकजना वरिष्ठ सांसद माननीयज्यूहरुले आफ्नो जिल्लाको सडकमा बजेट नपरे बजेट पुस्तक च्यात्छु भन्न कुनै संकोच मान्नु भएन।यो पनि एउटा आश्चर्यकै अभ्यास भएको छ।’
उनले थपे, ‘यसअघिका तीन जना अर्थमन्त्रीहरु त्यही क्षेत्रबाट भन्नु भएको रहेछ। हामी नयाँ सांसदहरुलाई पुराना पाका र अग्रज सांसदहरुले बजेट वक्तव्य नआउँदै बजेट च्यात्ने कुरा रोष्ट्रमबाट प्रशिक्षित गर्ने कुरा मिलेन कि? आज के भन्न मन लागेको छ भने प्रधानमन्त्री केपी शर्मा ओली निर्दलीय प्रधानमन्त्री होइन दुई ठूला राजनीतिक पार्टी र अन्य साना पार्टीको संयुक्त सरकारको प्रधानमन्त्री हुनुहुन्छ।’
सत्तारुढ दलकै सांसदहरुले प्रतिपक्षीको जस्तो व्यवहार गरे सहकार्य बलियो र सुदृढ नहुने भन्दै यसतर्फ सोच्न आवश्यक रहेको उनले बताए।