सोसल मिडिया
युनिकोड
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स खरिद प्रकरणमा १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले तत्कालिन सञ्चारमन्त्री तथा नेपाली कांग्रेसका सांसद माोहनबहादुर बस्नेत, दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासहित १६ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
मुद्दा दायर भएका अन्य प्रतिवादीहरुमा धनराज ज्ञवाली, टीका प्रसाद उप्रेती, पुरुषोत्तम खनाल, विजय कुमार राय, रेवती राम पन्थ, सुरेश बस्नेत, हिरण्य प्रसाद बस्ताकोटी, अच्युतानन्द मिश्र, सुरेन्द्रलाल हाडा, दिपेश आचार्य, संदिप अधिकारी, जमाल अनौती, दिलीप कुमार गुरुङ र तेज प्रसाद खरेल रहेका छन् । उनीहरुविरुद्ध ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ बिगो मागदाबी गरिएको छ ।
टेरामक्स खरिदमा उनीहरुले योग्यता नपुग्ने प्रस्तावदाताको गलत प्रतिवेदन तयार पारी राज्यको सम्पत्ति हानीनोक्सानी गराउने पृष्ष्ठभूमि तयार पारी भ्रष्टाचार गरेको पाइएको अख्तियारले जनाएको छ ।