रवीन्द्र मिश्रसहित २६ जनालाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

मंगलबार, वैशाख ३०, २०८२

रवीन्द्र मिश्रसहित २६ जनालाई थप ५ दिन हिरासतमा राख्न  अदालतले अनुमति दिएको छ।  जिल्ला न्यायाधीश खेमराज भट्टको इजलासले ४७ दिन हिरासतमा बसिसकेका मिश्रलाई अझै ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। 

चैत १५ को तीनकुनेको राजावादीको हिंस्रक प्रदर्शनको नेतृत्वकर्ताहरू मिश्र, दुर्गा प्रसाईं, उसका सहयोगीहरू र शिव सेनाका अध्यक्ष अनिल बस्नेतसहितलाई राज्यविरुद्धको कसुरमा प्रहरीले अनुसन्धान गरिराखेको छ। ५ दिनअघि उनीहरूलाई आपराधिक उपद्रवको कसुरमा थालिएको छ।  

संगठित अपराधमा समेतको कसुरमा अनुसन्धान भइरहेकोले प्रहरीले ६० दिनसम्म हिरासतमै राखेर अनुसन्धान गर्न पाउँछ। अन्य ३४ जनामाथि पनि आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिराखेको छ। 

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  २०:३९
प्रतिक्रिया दिनुहोस्