गभर्नर खोज्ने समितिका सदस्य विश्व आफैं गभर्नर बन्ने, ठोके राजीनामा 

आइतबार, वैशाख २८, २०८२

योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहेका विश्व पौडेलले गभर्नर सिफारिस समितिको सदस्यबाट राजीनामा दिएका छन् । उनले आजै समितिका संयोजक तथा अर्थमन्त्री विष्णु पौडेललाई राजीनामा बुझाएका हुन् ।

अर्थ मन्त्रालय स्रोतले दिएको जानकारीअनुसार विश्व पौडेलले अर्थमन्त्री विष्णु पौडेललाई राजीनामा पठाइसकेका छन् । नेपाली कांग्रेसले गभर्नरमा पौडेललाई सिफारिस गर्न प्रस्ताव गरे पछि उनले समितिको सदस्यबाट राजीनामा दिएका हुन् । अब बस्ने क्याबिनेटले सिफारिश समितिलाई पूर्णता दिएपछि गभर्नर नियुक्तिको प्रक्रिया अगाडी बढ्नेछ। गभर्नरमा कांग्रेसले उनै पौडेललाई अघि सार्ने भएको छ। 

प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  २१:१०
प्रतिक्रिया दिनुहोस्