निजामती विधेयकलाई निफन्न राज्यव्यवस्था समितिको बैठक बिहानै, सकिन्छ आजै ?

आइतबार, वैशाख २८, २०८२

आज संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बसेको छ ।

बैठक अहिले ८ बजे देखि समितिको सभाकक्ष सिंहदरबारमा बसेको छ।

संसद सचिवालयका अनुसार बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा समितिको अन्तिम मस्यौदा प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  ०८:५०
प्रतिक्रिया दिनुहोस्