आज पनि बढ्यो सुनको भाउ, कति पुग्यो तोलाको ?

बुधबार, वैशाख २४, २०८२

सुनको मूल्य आज पनि बढेको छ। मंगलबार तोलामा पाँच हजार तीनसय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला एक हजार सातसय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार ६ सय रुपैयाँ कायम भएको छ। गएको आइतबार र सोमबार पनि सुनको मूल्य बढेको थियो।

सुनको मूल्य हिजो प्रतितोला एक लाख ८९ हजार नौसय रुपैयाँ थियो। यही वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। त्यसयता सुनको मूल्यमा नौ दिनमै १४ हजार चारसय रुपैयाँ गिरावट आएको थियो।

आज चाँदीको मूल्य भने स्थिर छ। चाँदी आज प्रतितोला एक हजार नौ सय ६५ रुपैयाँमै स्थिर रहेको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३९३ अमेरिकी डलरमा कनबेच भइरहेको छ। 

प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  ११:२६
प्रतिक्रिया दिनुहोस्