आज सुनको भाउ बढ्यो, तोलाको कति पुग्यो ?

आइतबार, वैशाख २१, २०८२

आज आइतबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा ६०० रुपैयाँले बढेको छ। 

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा एक लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको थियो ।

यता, चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घटेर प्रतितोला एक हजार ९१० रुपैयाँमा खरिदबिक्री भइरहेको सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  १०:४०
प्रतिक्रिया दिनुहोस्