सोसल मिडिया
युनिकोड
अहिले बिहान १० बजेका लागि बोलाइएको मन्त्रिपरिषद बैठक स्थगित भएको छ। मन्त्रिपरिषद् बैठकबाट सरकारको नीति तथा कार्यक्रम अनुमोदन गर्ने तयारी थियो। यसैगरी बिहान १० बजे राज्यमन्त्रीको शपथ कार्यक्रम पनि राखिएको थियो।
मन्त्रिपरिषदबाट अनुमोदन भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची थियो। प्रधानमन्त्री केपी ओलीको कार्यक्रम अस्तब्यस्त भएपछी मन्त्रिपरिषद बैठक र राज्यमन्त्रीको शपथ कार्यक्रम पनि रोकिएको प्रधानमन्त्री सचिवालय श्रोतको भनाई छ।
प्रधानन्त्रीको सचिवालयका अनुसार आज अब मन्त्रिपरिषद् बैठक नहुने बताए। आजै राज्यमन्त्रीको शपथ हुने/नहुने विषय भने प्रष्ट भएको छैन।