नयाँ उर्जा राज्यमन्त्री गर्बुजाको सपथ किन भएन ?

शुक्रबार, वैशाख १९, २०८२

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा नियुक्त खमबहादुर गर्बुजा खम्बीरलाई आज १० बजे पद तथा गोपनियताको सपथ गराउने कार्यक्रम केही पर सकेको छ। 

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार उनलाई राज्यमन्त्री नियुक्त गरेका थिए।  प्रधानमन्त्री कार्यालयमा हुने भनिएको सपथ नीति तथा कार्यक्रमका कारण धकेलिएको गर्बुजाका स्वकीय सचिव पृजेन भट्टचनले बताए।

प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  १०:३४
प्रतिक्रिया दिनुहोस्