बुधबार नियुक्ति पाएका उर्जा राज्यमन्त्री खम्बीरलाई प्रधानमन्त्रीले शुक्रबार सबेरै सपथ खुवाउने

बिहीबार, वैशाख १८, २०८२

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार नियुक्त गरेका ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा खम्बीरलाई प्रधानमन्त्री ओलीले शुक्रबार सपथ गराउने भएका छन्। 

म्याग्दीबाट निर्वाचित कांग्रेस सांसद समेत रहेका राज्यमन्त्री गर्बुजाको सपथ प्रधानमन्त्री कार्यालय सिहदरबारमा बिहान १० बजेका लागि तय भएको उनका स्वकीय सचिव पृजेन भट्टचनले बताए।  सपथ लगत्तै मन्त्रालय पुगेर पद बहाली गर्ने कार्यक्रम छ। म्याग्दी कांग्रेसको सभापति समेत रहेका गर्बुजा विकाश्प्रेमी र इमान्दार नेताका रूपमा परिचित छन्। 

प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२  २१:४५
प्रतिक्रिया दिनुहोस्