सुनको भाउ ह्वात्तै घट्यो, तोलाको कतिमा ओर्लियो

बिहीबार, वैशाख १८, २०८२

नेपाली बजारमा सुनको मूल्य आज घटेको छ। आज एकैदिन तोलामा ४ हजार ६ सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ८८ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज १ लाख ८३ हजार ५ सय रुपैयाँ कायम भएको छ।

त्यस्तै चाँदीको मूल्य पनि घटेको छ। मंगलबार तोलामा १ हजार ९६५ रुपैयाँ कारोबार भएको चाँदीको मूल्य ५० रुपैयाँले घटेर १ हजार ९१५ रुपैयाँ कायम छ।

प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२  १२:५०
प्रतिक्रिया दिनुहोस्