गभर्नरमा गुणाकर भट्ट नियुक्त हुने पक्का, गभर्नर खोज्ने समितिमा अधिकारी नियुक्त

बुधबार, वैशाख १७, २०८२

नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईले राजीनामा दिएपछि रिक्त भएको सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी नियुक्त भएका छन्। 

अधिकारीलाई नियुक्त गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए। बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो। अब बस्ने क्याबिनेटले गभर्नर नियुक्त गर्नेछ। गभर्नरमा गुणाकर भट्ट नियुक्त हुने पक्का जस्तै छ। 

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  २०:५९
प्रतिक्रिया दिनुहोस्