सोसल मिडिया
युनिकोड
गृह मन्त्रालयले तीन जिल्लाका सिडिओ चलाएको छ भने चार सहसचिवको सरुवा गरेको छ। मन्त्रालयले आजै आईतबार रामेछाप, तनहुँ र दैलेखका सिडिओ चलाएको हो।
तीन जना प्रमुख जिल्ला अधिकारी(प्रजिअ) सहित चार जना सहसचिवको सरुवा भएको छ । गृह मन्त्रालयले आइतबार तनहुँ, रामेछाप र दैलेखका प्रमुख जिल्ला अधिकारी र मन्त्रालयका सहसचिवहरूलाई सरुवा गरेको हो ।
रामेछापका प्रमुख जिल्ला अधिकारी एवं उपसचिव राजु प्रसाद पौडेल र दैलेखका प्रमुख जिल्ला अधिकारी नवराज जैसीलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । त्यहाँ सहसचिवको दरबन्दी छ। त्यस्तै तनहुँका प्रजिअ एवं सहसचिव श्याम कृष्ण थापालाई जिल्ला प्रशासन कार्यालय रामेछाप पठाईएको छ। सहसचिव रामकृष्ण अधिकारीलाई जिल्ला प्रशासन कार्यालय तनहुँको सिडिओ बनाएर पठाईएको छ।
झापाको सिडिओ बाट केही समय पहिले तानिएका बन्धुप्रसाद बास्तोलालाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कामकाजका लागि पठाइएको छ । प्रधानमन्त्री ओलीले बर्खास्त गरेका उर्जा राज्यमन्त्री कान्छाराम तामांगको जिल्ला रामेछापको सिडिओ पनि तनाईमा परेका हुन्।