सोसल मिडिया
युनिकोड
आफैं गभर्नर बन्न च्याँखे थापेर बसेकी कायममुकायम (कामु) गभर्नर नीलम ढुंगानाको योजनामा अर्थमन्त्री विष्णु पौडेलले तातोपानी खन्याएका छन्।
आज आइतबार मन्त्रालयमा बोलाएर कार्यकारी निर्देशक गुणाकर भट्टको राजीनामा स्वीकृत गर्न पौडेलले उनलाई कडा निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भट्टलाई आगामी गभर्नरमा नियुक्त गर्ने सहमति भएको छ।
सो बमोजिम भट्टले नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट राजीनामा दिइसकेका भए पनि कामु गभर्नर ढुंगानाले अझै स्वीकृत गरिसकेकी छैनन्। शनिबार राति ओली र देउवाबीच भट्टलाई यसै हप्ता गभर्नरमा नियुक्त गर्ने सहमति भएपछि अर्थमन्त्री पौडेलले उनको राजीनामा स्वीकृत गर्न ढुंगानालाई निर्देशन दिएका हुन्। बिहिबार बस्ने क्याबिनेटले भट्टलाई गभर्नर नियुक्त गर्दैछ।
गभर्नर खोज्न बनाईएको समितिका सदस्य बिजयनाथ भट्टराईले राजीनामा दिएपछि रिक्त सदस्य भोलि सोमबार बस्ने क्याबिनेटले पूर्ति गर्नेछ। त्यसपछि बिहिबारको क्याबिनेटले भट्टलाई गभर्नर नियुक्त गर्ने रणनीति ओली सरकारले बनाईसकेको छ।