रवि लामिछानेसहित ४१ जनामाथि अर्को पनि मुद्दा चल्ने 

आइतबार, वैशाख १४, २०८२

जिल्ला प्रहरी कार्यालय पर्साले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित ४१ जनामाथि मुद्दा चलाउने पर्ने रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

पर्साको सानोपाइला सहकारी ठगी प्रकरणमा लामिछानेसहित ४१ जनाविरुद्ध ठगी तथा संगठित अपराध मुद्दा चलाउनु पर्ने रायसहितको प्रतिवेदन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको हो । प्रतिवेदन शुक्रबार नै बुझाइएको पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए ।

हाल रवि लामिछने रुपन्देही कारागारमा छन् । सानोपाइलाबाहेक उनीविरुद्ध पोखराको सूर्यदर्शन, चितवनको सहारालगायत पाँचवटा सहकारी ठगीको मुद्दा अदालतमा विचाराधीन छ । 

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  २०:४८
प्रतिक्रिया दिनुहोस्