सोसल मिडिया
युनिकोड
काठमाडौंकेन्द्रित सडक आन्दोलनको २६औँ दिन प्रहरीसँग झडप भएपछि नेपाल शिक्षक महासंघले आकस्मिक बैठक बोलाएको छ ।
आइतबार (वैशाख १४) दिउँसो ३ बजे बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा बस्ने गरी बैठक बोलाइएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।
“आकस्मिक बैठक ३ बजे बोलाइएको छ । अहिले आन्दोलनमै छौँ । हाम्रा कैयौँ साथीहरू घाइते भएका छन्,” उनले भने ।
गएको चैत २० गतेयता शिक्षकको आन्दोलन माइतीघर–बानेश्वरकेन्द्रित छ । आइतबार शिक्षक निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेको भन्दै प्रहरीले पानीको फोहोरा प्रहार गरेको थियो ।
शिक्षकले ढुंगा समेत प्रहार गरेको र एकजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।