सोसल मिडिया
युनिकोड
कांग्रेस सभापति शेरबहादुर देउवा बैंककबाट फ़र्किएपछि एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीलाई केही राहत महसुस भएको छ। अहिल्यै तत्कालै सरकार गिर्छ भन्ने हल्लाले केही हद सम्म आफै पनि हल्लिएका ओली आफैले सो बिषयको संकेत गरेका हुन्। एमाले दलको बैठकमा देउवा सरकार केही हुन्न भनेपछि विरोधीको ओठ तालु सुकेको स्वयम् ओलीले सुनाएका थिए।
दलको बैठक बाटै देउवा संग भेट्ने समय मिलाएका ओलीले हिजै देउवालाई मनाएका छन्। ओली र देउवाबीच यसै साता नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने सहमति भएको छ । शनिबार साँझ दुई घण्टासम्म बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भएको वार्तामा ओली र देउवाबीच यस्तो सहमति बनेको हो।
आगामी बिहीबारबस्ने क्याबिनेटले नयाँ गभर्नर नियुक्त गर्न ओली राजी भएका छन्। ओली र देउवा यसअघि नै डा. गुणाकर भट्टलाई नेपाल राष्ट्र बैंकको गभर्नर बनाउन सहमत भइसकेका छन्।
गभर्नर नियुक्तिका लागि सरकारले अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा विजयनाथ भट्टराई र विश्व पौडेल सदस्य सहेको सिफारिस समिति गठन गरेको थियो। तर, सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईले राजीनामा दिएका छन्।
स्रोतका अनुसार, सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले सिफारिस समितिको रिक्त पदमा एक सदस्य नियुक्त गर्ने र बिहीबारसम्म गभर्नर नियुक्त गरिसक्ने समझदारी नेताहरूबीच बनेको छ। चैत २५ गते अवकाश पाएपछि गभर्नरको पद रिक्त छ। गभर्नर बिनै आज १४ गते राष्ट्र बैंकले आफ्नो वार्षिक उत्सब मनाएको छ।