ह्वात्तै बढेको सुनको भाउ आज तोलामा एक हजार घट्यो, तोलाको कति छ ?

शुक्रबार, वैशाख १२, २०८२

नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेर १ लाख ८९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि बिहीबार सुन तोलाको १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी २ हजार रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  ११:०७
प्रतिक्रिया दिनुहोस्