सोसल मिडिया
युनिकोड
देश छोडेको पाँच दिनपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वदेश फर्कदैछन्। पत्नीसमेत रहेकी परराष्ट्रमन्त्री आरजु राणा सहित देउवा आजै स्वदेश फर्किने कार्यतालिका छ।
वैशाख ७ गते देउवा दम्पती परिवारका अन्य सदस्यसहित थाइल्याण्ड गएका थिए। देउवा दम्पती शुक्रबार दिउँसाे १२ बजे स्वेदेश फर्किने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिएका छन्।
फलोअपका नाममा देउवा थाइल्यान्ड गएका हुन् भने परराष्ट्रमन्त्री राणा संयुक्त राष्ट्रसंघको एशिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक एवम् सामाजिक आयोग (एस्क्याप) को ८१ औँ सम्मेलनमा सहभागी थाइल्यान्ड गएकी हुन्। संसद्को प्रमुख प्रतिपक्षी शक्ति माओवादी केन्द्रसहित सत्तारुढ कांग्रेसकै केही नेताले वर्तमान सरकार फेरबदलको चर्चा तीव्र बनाइरहेका बेला देउवा दम्पती स्वदेश फर्किन लागेका हुन्।
कतिपयले देउवा वर्तमान राजनीतिक कोर्स फेरवदलको गृहकार्यकै लागि थाइल्यान्ड गएकोसमेत अड्कल काटिरहेका छन्। तर, प्रधानमन्त्री केपी शर्मा ओलीले भने देउवा उपचारकै लागि विदेश गएको अभिव्यक्ति दिँदै आएका छन्।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देउवा थाइल्यान्डबाट फर्किएपछि सरकार फेरबदलको गृहकार्य सुरु हुने बताइरहेका छन्। उनले माओवादी देउवा नेतृत्वको सरकारलाई समर्थन तयार रहेको अभिव्यक्ति पनि दिँदै आएका छन्। देउवा स्वदेश हिडेपछि गोरखा पुगेका प्रचण्ड दंग पर्दै राजधानी फर्किने र देउवा संग गफ गर्ने मूडमा छन्।
यता, प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार धेरै लामो नजाने संकेत गरिसकेका छन्। शिक्षा मन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि रिक्त मन्त्रीमा रघुजी पन्तलाई महिला कोटा काटेर मन्त्री बनाएकोमा केहीले रोष प्रकट गरेपछि ओलीले केही दिनलाई मात्र हो भनेर पठाएका छन्। उनले यसो भन्नाले पनि सरकार अब धेरै दिन नजाने अड्कल स्वयम् एमालेजनले गर्न थालेका छन्।