सोसल मिडिया
युनिकोड
नवनियिुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले आज (बिहीबार) पद तथा गोपनीयताको शपथ लिने भएका छन् । शीतल निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको हो ।
राष्ट्रपति कार्यालयकी सूचना अधिकारी अर्चना खड्का अधिकारीका अनुसार मन्त्री पन्तको शपथका लागि अपराह्न ४ बजेको समय तय भएको छ । विद्या भट्टराईले राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले पन्तलाई बुधबार शिक्षामन्त्री नियुक्त गरेका हुन् । पन्त नेकपा एमालेका समानुपातिक सांसद हुन् । यता,शिक्षकहरूले भने आन्दोलनलाई झन् कडा र नतिजामुखी बनाउने भएका छन्।