सोसल मिडिया
युनिकोड
प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा, जलस्रोत तथा सिचाइँ राज्यमन्त्री पूर्णबहादुर तामाङ बर्खास्त गरेका छन् । बुधबार गरिएको मन्त्रिपरिषद् पुनर्गठनका क्रममा राज्यमन्त्री तामाङलाई बर्खास्त गरिएको हो ।
यस्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी पन्तलाई नियुक्त गरिएको छ । पुनर्गठनसँगै मन्त्रिपरिषद् २४ सदस्यीय बनेको छ । पुनःगठित मन्त्रिमण्डलमा प्रधानमन्त्रीसहित २२ मन्त्री र दुई राज्यमन्त्री छन् ।
ठेकेदारको रुपमा ‘कान्छाराम’ उपनामले निचिने तामाङ नेपाली काङ्ग्रेको कोटाबाट राज्यमन्त्री बनेका थिए । तामांगले मन्त्रालयका सचिव सुरेश आचार्यलाई प्रष्टीकरण सोधेका थिए।