सुनको मूल्यले राख्यो नयाँ कीर्तिमानी, तोलाको दुईलाखमा दुई हजार कम

मंगलबार, वैशाख ९, २०८२

नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमानी राखेको छ । एकैदिन ६ हजार ९ सय रुपैयाँले बढेर सुनको मूल्य हालसम्मकै उच्च भएको हो ।

सोमबार तोलामा एक लाख९१ हजारमा कारोबार भएको सुन आज प्रतिलोला ६ हजार ९ सय रुपैयाँले बढेर १ लाख ९७ हजार ९ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर १९ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  ११:२८
प्रतिक्रिया दिनुहोस्