शिक्षकका माग सम्बोधन गर्न आजै मन्त्रिपरिषद् बस्छ कि बस्दैन ? 

सोमबार, वैशाख ८, २०८२

शिक्षा मन्त्रालयले आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्नेगरी ७ बुँदे प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी गरेको छ। तर, आज मन्त्रिपरिषद् बैठक बस्ने/नबस्ने टुंगो अझै लागेको छैन। 

आइतबार शिक्षा मन्त्रालय स्रोतले सोमबार बस्ने मन्त्रिपरिषद्‍को बैठकमा आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्नेगरि प्रस्ताव लैजाने तयारी भएको जनाएको थियो। 

तर, आज मन्त्रिपरिष्द बैठक नै हुने/नहुने टुंगो नभएको कारण शिक्षक आन्दोलन अझ लम्बिने सम्भावना बढेको छ। यसबाट वैशाख ११ गतेदेखि हुने भनिएको कक्षा १२ को वार्षिक परीक्षाप्रतिको अन्योल अझ बढाएको छ। 

प्रधानमन्त्रीको सचिवालयले आज मन्त्रिपरिष्द बैठक हुने/नहुने निश्चित नभएको जानकारी दिएको छ। अहिले सम्म बैठक डाकिएको छैन। तर साँझ ६ बजेका लागि बैठक बोलाईने सम्भावना भने छ। 

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२  १०:३२
प्रतिक्रिया दिनुहोस्