शुक्रवार जति थियो आज पनि उतिनै छ सुनको भाउ

आइतबार, वैशाख ७, २०८२

साताको पहिलो दिन सुनचाँदीको मूल्य स्थिर रहेको छ । 

गत शुक्रबार तय भएको निर्धारित मूल्य नै आज कायम रहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ । 

आज पनि सुन तोलाको एक लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार हुनेछ र चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२  १२:३४
प्रतिक्रिया दिनुहोस्