सोसल मिडिया
युनिकोड
शुक्रबार अबेर राति सम्म प्रधानमन्त्री केपी ओलीको कुरा सुनेका राष्ट्रिय शिक्षक महासंघका नेताले प्रधानमन्त्री ओलीले सुनाएका कुरा ब्रिफिंग गर्न बैठक बोलाएका छन्। महासंघले आज दिउँसो ३ः१५ मा रत्नराज्य मा वि बानेश्वरमा बैठक डाकेको हो । प्रधानमन्त्री ओलीले खासै गतिलो कुरा नगरेको भेटमा सहभागी एक शिक्षकले बताए।
समसामयिक विषयमा छलफल हुने महासंघले जनाएको छ । बैठकमा राष्ट्रिय समितिका सदस्यहरु, आबद्ध सम्बद्ध संस्थाका अध्यक्ष र महासचिवहरु, प्रदेश आन्दोलन परिचालन समितिका संयोजक, सहसंयोजक र सचिव तथा जिल्ला आन्दोलन परिचालन संयोजकहरूलाई उपस्थित हुन अनुरोध गरेको छ ।
चैत २० गतेदेखि आन्दोलनमा उत्रिएका शिक्षकहरुको माग पूरा गर्न प्रधानमन्त्रीले चैत २५ गते उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल,गृहमन्त्री रमेश लेखक,शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई निर्देशन दिएका थिए । तर, शिक्षकहरु मन्त्रीको तहबाट आफ्ना माग पूरा नहुने जनाउँदै संसद बैठकबाट तत्काल विधेयक पारित गर्नुपर्ने मागमा अडिग छन् ।