सुनको मूल्य एकै दिन ३६०० रूपैयाँले बढ्यो, तोलाको कति पुग्यो ?

बिहीबार, वैशाख ४, २०८२

सुनको मूल्य एकै दिन ३६०० रूपैयाँले बढेको छ। जसअनुसार बिहीबार सुनको मूल्य तोलाको १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार हुनेछ।

अघिल्लो दिन तोलामा १ लाख ८७ हजार रुपैयाँ कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार चाँदीको मूल्य पनि बढेको छ।

अघिल्लो दिन १९५५ रुपैयाँ कारोबार भएको चाँदीको मूल्य बिहीबार भने बढेर तोलामा १९६० रुपैयाँ पुगेको छ।

प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  ११:२७
प्रतिक्रिया दिनुहोस्