सोसल मिडिया
युनिकोड
लामो रस्साकस्सीपछि सत्ता गठबन्धनका प्रमुख दल नेपाल राष्ट्र बैंकको गभर्नरको नाममा सहमति गरेका छन् ।
नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्र बैंकको कार्यकारी निर्देशक गुणाकर भट्टलाई १८औँ गभर्नर बनाउन सहमत भएका हुन् । भट्टको नाम गर्भनरमा आएपछि बिचौलिया र स्वार्थसमूहले गर्भनरका लागि गरिरहेको चलखेल पनि बन्द भएको छ ।
भट्टले गर्भनर बन्नका लागि बुधबार प्रधानमन्त्री ओलीसँग छलफल गरेका थिए । प्रधानमन्त्री ओलीसँगको छलफलपछि उनको नाममा कांग्रेस सभापति देउवा पनि सहमत भएका हुन् । बुधबार प्रधानमन्त्री ओली र सभापति देउवाबीच भट्टलाई गभर्नर बनाउने विषयमा पनि छलफल भएको थियो ।
अर्थशास्त्रमा विद्यावारिधि गरेका भट्ट गभर्नरको दौडमा रहेका अन्य ५ जनालाई पछि पार्दै गर्भनर बन्न लागेका हुन् ।
अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको गर्भनर सिफारिस समितिले भट्टसहित अन्य तीन जनाको नाम मन्त्रिपरिषदेमा पेस गरेको थियो । तर अन्ततः प्रधानमन्त्री ओली र सभापति देउवा भट्टको नाममा सहमति पछि गभर्नर नियुक्तिको औपचारिक बाटो खुलेको हो ।
मन्त्रिपरिषद्को सोमबार बस्ने बैठकले नयाँ गर्भनर नियुक्त गर्ने सम्भावना छ । यद्यपी मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्री पौडेलले गभर्नरका लागि तीन जनाको नाम प्रस्ताव गर्ने गर्भनर पनि भट्टको नाम नै अनुमोदन हुनेछ ।
गभर्नर बन्ने पक्का भएपछि भट्टले राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट राजीनामा दिने तयारीमा छन् । आगामी सोमबार बस्ने क्याबिनेटले उनको नियुक्ति गर्ने छ।
यसअघि पूर्वमुख्यसचिव राजेन्द्रकिशोर क्षत्री, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएका ज्ञानेन्द्र ढुंगाना र राष्ट्र बैंककै सञ्चालक समिति सदस्य रवीन्द्र पाण्डे पनि गभर्नर बन्ने प्रयासमा थिए ।