सोसल मिडिया
युनिकोड
प्रधानमन्त्री केपीशर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । दुई जनाको भेटमा आज बेलुका ६ बजे क्याबिनेट बैठक बोलाउने सहमति भएको हो।
त्यस्तै मंगलबार बालुवाटारमा भएको भेटमा सरकारको काम कारबाही बारेमा समीक्षा गर्दै दुई दलीय संयन्त्रको बैठक राख्ने निष्कर्ष निकालिएको छ ।
पछिल्लो समय सरकार परिवर्तनको हल्ला चलेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार परिवर्तन हुने संकेत गर्दै कांग्रेसको नेतृत्वमा सरकार बन्नु उपयुक्त रहेको अभिव्यक्ति दिएका थिए ।