वर्षको अन्तिम दिन आज सेयर बजार घटेर बन्द, कारोबार कति भयो ?

आइतबार, चैत ३१, २०८१

वर्षको अन्तिम दिन आज सेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ८ दशमलव ८४ अङ्कले घटेर २६६१ दशमलव ८६ को विन्दुमा पुगेको छ ।

आइतबार ३२२ कम्पनीका ५४ हजार ३६१ पटकको कारोबारमा एक करोड ३१ लाख ८९ हजार ३२८ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ६ अर्ब २८ करोड २ लाख ९६ हजार २४५ रुपैयाँ रहेको छ ।

८८ कम्पनीको सेयर मूल्य बढ्दा १५७ कम्पनी राताम्मे छन् भने १ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये ४ वटा बढ्दा अन्य राताम्मे छन् । आज सीइडीबी होल्डिङ्समा लगानीकर्ता झुम्मिएका छन् ।

प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१  १५:५३
प्रतिक्रिया दिनुहोस्