दुर्गा प्रसाईलाई काँकडभिट्टा ल्याईयो, अब जहाजमा सिधै काठमाडौँ 

शुक्रबार, चैत २९, २०८१

नेपाल प्रहरीले भारतमा फेला पारेर दुर्गा प्रसाईलाई नेपाल भित्र्याएको छ। तीनकुने हिंसाका मुख्य कमान्डर प्रसाईंलाई विमानबाट काठमाडौँ ल्याइने भएको हो ।

दुर्गाका दाइ लक्ष्मी प्रसाईंले उनलाई केही बेर अहि मात्र काँकडभिट्टा नाकाकाे मेची पुल ल्याइपुर्‍याइएको जानकारी दिएका छन्। त्यसका लागि दुर्गाका आफन्त र शुभेच्छुक आज बिहानै मेची पुलमा पुगिसकेका छन्। 

दुर्गालाई झापास्थित भद्रपुर विमानस्थलबाट काठमाडौँ ल्याउने तयारी छ। 

चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादी गरेको हिंसात्मक प्रदर्शनमा दुई जना मारिएपछि फरार दुर्गा प्रसाईं बिहीबार भारतको आसाम राज्यमा पक्राउ परेका हुन्।

प्रसाईं भारततिर भागेको सूचना पाएपछि प्रहरीले विभिन्न माध्यमबाट ‘लोकेसन’ पत्ता लगाएको थियो। फरार भएयता उनले दुईवटा भिडिओ सन्देश सामाजिक सञ्जालमा अपलोड गरेका थिए। तर त्यसमा उनले आफू नेपालमै रहेको दाबी गरेका थिए। 

प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१  ०८:४१
प्रतिक्रिया दिनुहोस्