बल्खु क्षेत्रका घरभित्र कसैलाई पनि छिर्न नदिन राप्रपाको आग्रह 

मंगलबार, चैत २६, २०८१

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बल्खु क्षेत्रका घरभित्र कसैलाई पनि छिर्न नदिन आग्रह गरेको छ । मंगलबार (चैत २६) बल्खुमा पार्टीको आमसभाका निम्ति विभिन्न ठाउँबाट र्‍याली आउनेक्रम जारी छ ।

मञ्चबाट कार्यक्रमबारे जानकारी गराइरहेका व्यक्तिले घुसपैठ हुन सक्ने भन्दै बाहिरका कसैलाई घरमाथि जान नदिन आग्रह गरे ।

शान्तिपूर्ण प्रदर्शन गरिने राप्रपाले जनाएको छ । सोहीअनुसार सचेतता अपनाएको नेताहरूले बताएका छन् ।

राप्रपाको प्रदर्शनका कारण बल्खु क्षेत्रको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । विभिन्न ठाउँबाट सवारीसाधन ‘डाइभर्सन’ गरिएको छ । सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ ।

प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१  १३:०१
प्रतिक्रिया दिनुहोस्