Dashain Banner
Dashain Banner

प्रकृतिको अनुपम वरदानलाई मायापिरतीको रसमा उनेर एआइजीले ल्याए ‘स्वर्ग झै सैलुङ’

मंगलबार, माघ ८, २०८१

प्रकृतिको सुन्दरताले जो कोहीको मन मात्र खिच्दैन झन् ज्यादा मोहित पनि पार्छ। प्रकृतिको रचनाकै गर्भमा केन्द्रीत भएर आधुनिक विज्ञानले आफूलाई अब्बल ठहर्याएको छ। हो, त्यहीं प्रकृतिको अनुपम वरदानलाई शब्दको सहायतामा सुन्दर स्वरूप दिएर गीतको मिठास र लयमा बान्की मिलाउन सिपालु टेक बहादुर तामाङले ‘स्वर्ग झै सैलुङ’ जन्माएका छन्। यो उनको नयाँ गीत हो।  

प्राकृतिक सौन्दर्यले भरिएको सैलुङलाई पृथ्वीको नाईटो उपमा पनि दिईएको छ। हो त्यहीं स्वर्गको नाईटोलाई गीतका माध्यमबाट तामाङले थप न्याय गरेका छन्। कनिकुथी रचना गर्नेको भीडमा उम्दा गीतकारको गहकिलो परिचय बनाएका उनको यो पहिलो गीत भने होइन।  दर्जनौं गीतका सर्जक तामाङ शब्दको माला गाँस्ने जन्मिएको प्रतित हुन्छ। गीतको अंग पुर्याउन उनले रोजेका शब्द, शब्दको गाम्भीर्यता र भावको मिठासले गीतको ओजनलाई ह्वात्तै बढाएको अनुभूति हुन्छ। 

सैलुङको सुन्दरता र मनमोहकतालाई गीतमा टपक्कै टिप्ने उनको बेजोड कलाले गीत झन् उम्दा बनेको छ। ख्यातिप्राप्त गायक प्रल्हाद लिमल्सिना र गायिका सुमिना लोलेको कोइली स्वरले त झन् गीत गरिमा र आयतन बढाएको छ। लोकप्रिय संगीतकार आलोकश्रीको संगीतले गीतलाई कति न्याय गरेको छ भन्ने जान्न एकफेर सुन्नै पर्ने हुन्छ। गीतकार,गायक-गायिका र संगीतकारको त्रिवेणीले गीतको रफ्तारलाई झन् तीब्रता दिएको छ। 

गीतको एरेञ्ज र मिक्सिङ आदेश गुर्माछनले गरेका हुन् भने निर्देशक युवराज वाइबाको पौरखमा काईदाको भिडियो बनेको छ। समिर तामाङ र अम्विका तामाङको अभिनयले गीत पूर्णिमाको जून झैँ धपक्कै बलेको छ। भिडियोको कोरियोग्राफर प्रमोद के भट्टाराईले गरेका छन् भने विकास दाहालको सम्पादनमा भिडियो निर्माण भएको छ। 

नेपाल प्रहरीका एआईजी तामांग चल्तीका चिनिएका गीतकार हुन्। उनले चालिस दर्जन गीत लेखिसकेका छन्। 

गीत सुन्न र भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्। 

प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  १७:३३
प्रतिक्रिया दिनुहोस्