नीति तथा कार्यक्रम बैशाखमै, जेठ १५ मा बजेट सार्वजनिक

बुधबार, वैशाख २६, २०८१

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउने समय लगभग जुराएको छ। प्रचण्ड निकट भरपर्दो श्रोतका अनुसार वैशाख ३० गते नीति तथा कार्यक्रम ल्याउने निश्चित जस्तै छ। 

संवैधानिक व्यवस्थाअनुसार पनि जेठ १५ मा बजेट संसदबाट सार्वजनिक गर्नुपर्छ। त्यसअघि नीति तथा कार्यक्रम ल्याउने प्रचलन छ। नीति तर्हा कार्यक्रम पास भएपछी बजेट सार्वजनिक गर्ने स्थापित मान्यता पनि छ। सोहि बमोजिम सरकारले बजेट सम्बन्धि कार्यक्रमलाई तीब्र बनाएको हो। 

संसदमा नीति तथा कार्यक्रम सरकारका तर्फबाट राष्ट्रपतिले प्रस्तुत गर्नेछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सरकारको नीति तथा कार्यक्रम वैशाख दोस्रो हप्ता नै संकलन गरिसकेको छ। सरकारले बजेट अधिवेशन २८ गतेदेखि बोलाइसकेको छ। 

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  २०:४३
प्रतिक्रिया दिनुहोस्