नयाँ वर्षकै दिन सुनको भाउ उकालो लाग्यो, तोलाको कति पुग्यो ?

बुधबार, पुस १७, २०८१

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला एक हजार ४ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५१ हजार रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो दिन प्रतितोला एक लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  ११:१८
प्रतिक्रिया दिनुहोस्