आज पनि घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ किनबेच ?

मंगलबार, पुस १६, २०८१

आज पनि सुनचाँदीकै मूल्य घटेको छ। गएको आइतबार घटेको सुनचाँदीकै मूल्य आज पनि घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार ६ सय रुपैयाँ कामय भएको छ। गएको बिहीबार प्रतितोला ६ सय, शुक्रबार चारसय र आइतबार पाँचसय रुपैयाँ घटेको सुनको मूल्य आज पनि प्रतितोला ६ सय रुपैयाँ घटेको हो।

गएको आइतबार सुनको मूल्य प्रतितोला एक लाख पचास हजार दुईसय रुपैयाँ थियो। 

त्यसैगरी आज चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँ घटेको छ। मूल्य घटेर आज चाँदी प्रतितोला एक हजार सातसय ६५ रुपैयाँमा किनबेच भइरहेको समितिले जनाएको छ। गएको आइतबार चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ९० रुपैयाँ थियो।

गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो।

गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो। सरकारले भन्सारदर घटाएपछि सुनचाँदीकै मूल्यमा गिरावट आएको हो। 

प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  १०:५८
प्रतिक्रिया दिनुहोस्