सोसल मिडिया
युनिकोड
नबिल बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) पदको जिम्मा मनोज ज्ञवालीलाई दिईएको छ। ज्ञवाली यसअघि डीसीईओका रुपमा कार्यरत थिए। उनलाई बैंक सञ्चालक समिति बैठकले सिनियर डीसीईओमा बढुवा गर्ने निर्णय गरेको हो ।
सफल बैंकरको फराकिलो परिचय बनाएका उनी २०७७ सालमा ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट राजिनामा दिएपछि उनी नबिल बैंकमा जोडिएका थिए । त्यसबेला ज्ञवाली नबिल बैंकको नायब महाप्रबन्धक नियुक्त भएका थिए । ज्ञवालीको कार्यसम्पादनको मूल्यांकन गर्दै संचालक समितिले पदोन्नति गर्दै आएको छ।