सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

शुक्रबार, पुस १२, २०८१

स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । बिहीबारको तुलनामा आज सुनको मूल्य तोलामा ४०० रुपैयाँ र चाँदीको १५ रुपैयाँले बढेको हो ।

शुक्रबार सुन प्रतितोला एक लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य प्रतितोला एक हजार ८१५ रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१  ११:२४
प्रतिक्रिया दिनुहोस्