सुन तोलाको कतिमा किनबेच हुँदैछ आज ?

मंगलबार, पुस ९, २०८१

नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य सोमबारको तुलनामा स्थिर रहेर तोलाको १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ। चाँदी तोलामा १० रुपैयाँले बढेर १ हजार ८ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  ११:१९
प्रतिक्रिया दिनुहोस्