सुनको भाउ आज पनि उकालो लाग्यो, कति पुग्यो तोलाको ?

सोमबार, पुस ८, २०८१

नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी तोलामा ५ रुपैयाँले बढेर १ हजार ७ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  ११:४६
प्रतिक्रिया दिनुहोस्