सोसल मिडिया
युनिकोड
जीवन बीमा कम्पनी मध्येको अग्र स्थानमा रहेको नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो २३औँ वार्षिकोत्सव देशव्यापी रूपमा विभिन्न कार्यक्रम गरी भब्य रूपले मनाएको छ ।
कम्पनीले रक्तदान कार्यक्रममार्फत कोशी प्रदेशको दमकमा ३९, मधेश प्रदेशको वीरगन्जमा ३२, जनकपुरमा ३४, बागमती प्रदेशको नारायणघाटमा ४३, हेटौँडामा ३२, ललितपुरमा ३८, काठमाडौंमा ७०, गण्डकी प्रदेशको पोखरामा ४१, लुम्बिनी प्रदेशको बुटवलमा २५, कोहलपुरमा ३८, सुदूरपश्चिमकोे महेन्द्रनगरमा ३२ र धनगढीमा ३३ गरी कुल चार सय ५७ पिन्ट रगत संकलन गरेको छ ।
यता, कम्पनीले केन्द्रीय कार्यालयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्यो। त्यस्तै, कर्णाली प्रदेशको सुर्खेतमा रहेको बादी सरोकार मञ्च नेपाललाई हजार लिटरको पानीट्यांकी प्रदानसमेत गरेको जनाएको छ ।
उता, धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको हरियाली प्रवर्द्धन कार्यक्रमलाई सयवटा रुख रोप्न पाँच लाख रुपैयाँको आर्थिक सहयोग गरेको छ। कम्पनीले आफ्ना एक सय ८५ वटै शाखामा वृक्षारोपण कार्यक्रम पनि सम्पन्न गरेको जनाएको छ । वातावरण संरक्षणमा नेपाल लाइफले सक्रियता बढाएको छ।