Dashain Banner
Dashain Banner

तिम्राेे कमाईले देशै पालिएकाे छ

बुधबार, वैशाख १९, २०८१

तिम्रा ठेला उठेका हातहरु
तिम्रा चरचर फुटेका खुट्टाहरु
तरर पसिना बर्सिने अनुहारहरु
निरन्तर चलिरहेेेका छन्
निरन्तर बर्सिरहेेेका छन

जबसम्म,
तिम्रा परिवारकाे पेट भरिने अर्काे व्यवस्था हुँदैन,
सधै आधा मात्र भरिने,
खाली हुँदा हावा भरिएर
गानाे दुखिरहने, 
चलिरहने तिम्रा पेटहरु भरिने अर्काे उपाय हुँदैन,
मक्काएकाे खरकाे छानामा परेकाे प्वालबाट 
तप्प तप्प पानी चुहिने तिम्राे छानाे टाल्ने अर्काे उपाय हुँदैन,
 आफू र परिवारकाे जाडाे छल्ने
 अनि लाज ढाक्ने नाना शरीरमा हुँदैन,
 
छाेराछाेरीकाेे शिक्षा
अनि बाबु आमा र परिवारकाे स्वास्थ्य प्राप्तिकाे लक्ष्य पूरा हुँदैन,
तिम्रा हात खुट्टाहरु निरन्तर चलि रहन्छन,
तरतर पसिना झरि रहन्छन् ।
तिम्रा हात पाखुराले, 
विदेशका सुन्दर शहरहरु बनेका छन्,
स्वदेशमा ठूलठूला पूर्वाधारहरु खडा भएका छन् ।

तिम्रा पसिना र रगतले,
विदेशका मरुभूमिहरु हरियाली भएका छन् ।
नत तिम्राे कुनै ठूलाे लक्ष्य छ
न त उद्देश्य नै छ,
न त तिम्राे श्रमकाे उचित मूल्य पाएकाछाै,
न त दिलाउन नै सकिएकाे छ ।

तर पनि,
तिम्रा ठेला उठेका हातहरु
चिरा परेका खुट्टहरु
निरन्तर चलिरहन्छन, 
निरन्तर तरतर पसिना बगिरहन्छन।
तिम्राेे कमाईले तिम्राे परिवार मात्रै हाेइन देशै पालिएकाे छ । 

तर पनि,
तिमीलाई पर्दा देशले केही गरेकाे छैन,
गरेकाे भए पनि आभास दिलाउन सकेकाे छैन ।
तर पनि देशकाे लागि,
परिवारकाे लागि,
आफू र आफन्तकाे लागि,
कर्मयाेगी तिम्रा ठेला उठेका हातहरु
चिरा परेका खुट्टाहरु 
निरन्तर चलि रहेका छन्
रगत र पसिना तरतर बगिरहेका छन् ।
बगिरहेका छन् ।

अन्त्यमा,
कर्मयाेगी हातहरु सधै चलिरहुन्
खुट्टाहरु चलिरहुन् 
रगत बग्दै नबगाेस् 
तर पसिना सधै तरतर झरि रहुन्,
खाली पेट चल्नु नपराेस्, 
परिवारकाे गाँस बाँस र कपासकाे लागि 
सधैं जल्नु नपराेस् । 
लक्ष सबै पूरा हाेउन्,
परिवारमा सुख शान्ति र समृद्धि आइरहाेस,
सबै कर्मयाेगी मजदुर बर्गमा 
यही मेराे शुभकामना ।

(कवि निरौला अर्थ मन्त्रालयका उपसचिव हुन्)

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १०:३३
प्रतिक्रिया दिनुहोस्