सोसल मिडिया
युनिकोड
साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक २.११ अंकले बढेर २९६८.४४ विन्दुमा अडिएको छ।
साताको पहिलो कारोबार दिन आइतबार नेप्से ३४.४७ अंकले घटेर २९६६.३३ विन्दुमा पुगेको थियो। सो दिन २८ अर्ब ८३ करोडको सेयर कारोबार भएको थियो। त्यसपछि सोमबार र मंगलबार दुई दिन लगातार सार्वजनिक बिदा परेकाले कारोबार भएन।
आज ३३७ स्क्रिप्सको ४ करोड १४ लाख ५४ हजार ६११ कित्ता सेयर १८ अर्ब ९० करोड ६३ लाख ७३ हजार ७९२ रुपैयाँमा खरिदबिक्री भयो। कारोबार रकम आइतबारको तुलनामा कम हो। सामान्य अंकले बढेको बजारमा पाँचवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।
कर्पोरेट डेभलपमेन्ट बैंक,सिन्धु विकास बैंक,रिलाइन्स फाइनान्स,दोल्टी पावर र मल्टीप्रपोज फाइनान्सको सेयर १० प्रतिशतले वृद्धि भएको हो। कारोबार रकमका आधारमा हिमालयन इन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको ६६ करोड ,अपी पावरको ४५ करोड,एभरेष्ट बैंकको ४५ करोड,सानिमा माइ हाइड्रोपावरको ३६ करोड सीईडीबी हाइड्रोपावर डेभलपमेन्टको ३६ करोड मूल्य बराबरको सेयर कारोबार भयो।