नेप्से घट्यो, कारोबार भयो कति ?

आइतबार, असार १६, २०८१

साताको पहिलो कारोबार दिन आज सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ। 

नेप्से १४.८३ अंकले घटेर २०३७.०९ अंकमा छ। बजार खुलेयता सूचक निरन्तर ओरालो लागेको थियो। 

गिरावटसँगै १ सय ९० कम्पनीको सेयर मूल्य घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। आज मनकामना स्मार्ट लघुवित्तका सेयरधनीले ९.३० प्रतिशत गुमाउँदा १२५.१० रुपैयाँ प्रतिसेयर नोक्सानी व्यहोरेका छन्। यो आजको सबैभन्दा ठूलो प्रतिसेयर नोक्सानी हो। यसबाहेक साधना लघुवित्त (८.७७ प्रतिशत) र गणपति लघुवित्त (५.७६ प्रतिशत)का सेयरधनीले पनि धेरै गुमाएका छन्। 

आजको कारोबारमा ४९ वटा सेयरको मूल्य मात्र बढेको छ। यसअनुसार मुक्तिनाथ कृषि कम्पनी (७.०६ प्रतिशत), मैलुङ खोला जलविद्युत् (५.७६ प्रतिशत)को सेयर बढेको छ। 

सातवटाको सेयर मूल्यमा कुनै परिवर्तन छैन। नेपाल स्टक एक्सचेन्जका अनुसार आज ३ अर्ब ६० करोड ७१ लाख रुपैयाँको कारोबार भएको छ। नेपाल फाइनान्स १२ करोड ८८ लाख, जानकी फाइनान्स ११ करोड ९८ लाखको उच्च कारोबार भएको छ। 

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १५:४४
प्रतिक्रिया दिनुहोस्