बढेन आज सुनको मूल्य, कतिमा थन्कियो ?

बिहीबार, जेठ ३१, २०८१

नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन बुधबार पनि यही मूल्यमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला एक लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेर कारोबार भइरहेको छ । चाँदी प्रतितोला एक हजार ८१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  ११:४१
प्रतिक्रिया दिनुहोस्