बढ्न पनि सकेन घट्दा पनि घटेन, कति छ आज सुनको भाउ ?

सोमबार, जेठ २८, २०८१

सोमबार छापावाल सुनको मूल्य स्थिर अवस्थामा रहेको छ ।

आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ३ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, आइतबार चाँदीको मूल्य प्रतितोला १८ सय २५ रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  ११:२०
प्रतिक्रिया दिनुहोस्