सेयरबजार ४.५९ अंकले घट्यो, कति भयो कारोबार ?

आइतबार, जेठ २७, २०८१

साताको पहिलो कारोबार दिन सेयरबजार परिसूचक नेप्से ४.५९ अंकले ओरालो लागेको छ। 

सूचक घटे पनि पाँच सेयरमा सकारात्मक सर्किट ब्रेक भएको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार इस्टर्न हाइड्रोपावर, शुभम् पावर, सिटी होटल, कुथेली बुखारी स्मल हाइड्रोपावरको सेयर १० प्रतिशतले र भगवती हाइड्रोपावरको ९.९९ प्रतिशतले सेयर मूल्य बढेको छ। योसँगै उक्त कम्पनीका लगानीकर्ताले क्रमशः ५० रुपैयाँ, ७२ रुपैयाँ, ६४.८० रुपैयाँ, ११३.४० रुपैयाँ र १०९.३० रुपैयाँ प्रतिसेयर आम्दानी गरेका छन्। 

आज कुल ९७ कम्पनीको सेयर बढेको नेप्सेले जनाएको छ। 

बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयरमा भने नकारात्मक सर्किट लागेको छ। लगानीकर्ताले ७१.५० रुपैयाँ प्रतिसेयर नोक्सानी व्यहोरेका छन्।

यसबाहेक पोखरा फाइनान्स (७.१२ प्रतिशत), लक्ष्मी लघुवित्त (६.६१ प्रतिशत), माई खोला हाइड्रोपावर (५.३४ प्रतिशत) र मध्यसोलु हाइड्रोपावर (४.५२ प्रतिशत) को सेयर मूल्य घटेको छ। आज कुल १४७ कम्पनीको सेयर मूल्य घटेको नेप्सेले जनाएको छ। 

यसैबीच आज कारोबार नै ५ अर्ब नाघेको छ। नेप्सेका अनुसार १ करोड ४ लाख ५२ हजार कित्ता बिक्रीमा ५ अर्ब १८ करोड ९० लाख ७९ हजार ५ सय २२ रुपैयाँको सेयर कारोबार भएको छ।

आज एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ३२ करोड रुपैयाँको सर्वाधिक कारोबार भएको छ। 

 

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  १५:४२
प्रतिक्रिया दिनुहोस्