सोसल मिडिया
युनिकोड
सेयरबजार कारोबार मापन गर्ने नेप्से सूचक १.९३ अंकले घटे पनि बिहीबार तीनवटा कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार १०१ कम्पनीको सेयर मूल्य बढेको दिन इमर्जिङ नेपाल, भगवती हाइड्रो र मध्यसोलु हाइड्रोको सेयर १० प्रतिशतले बढेको हो।
बुद्धभूमि नेपाल हाइड्रोको पनि ९.८८ प्रतिशतसे सेयर मूल्य बढेको छ।
योसँगै उक्त ४ कम्पनीका लगानीकर्ताले क्रमशः ९२.९० रुपैयाँ, ९९.४० रुपैयाँ, ६४ रुपैयाँ र ६४.३० रुपैयाँ प्रतिसेयर आम्दानी गरे।
आजको कारोबारमा लगानीकर्ताले अधिकतम ६.४० प्रतिशतसम्म गुमाएका छन्। माईखोला हाइड्रोको सेयर उक्त दरले घट्दा सेयरधनीले ३२ रुपैयाँ प्रतिसेयर नोक्सानी व्यहोरे। आज कुल १३५ कम्पनीको सेयर मूल्य घटेको थियो।
११ वटा कम्पनीको भने अघिल्लो मूल्यमै सेयर कारोबार भयो।
नेप्से २०७७.७८ विन्दुमा झरेको दिन कुल कारोबार रकम भने ४ अर्ब नाघेको छ। आज ४ अर्ब ३८ करोड ८२ लाख ७८ हजार रुपैयाँको कारोबार भयो। ८८ लाख १३ हजार ३ सय ७४ कित्ता सेयर बिक्रीमा उक्त कारोबार भएको हो।
आज एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको १८ करोड ६८ लाख, सीईडीबी हाइड्रोपावर डेभलपमेन्टको १४ करोड ४५ लाख, पोखरा फाइनान्सको १४ करोड १३ लाखको सेयर कारोबार भएको छ।
आज कुल बजार पुँजीकरण ३२ खर्ब ९४ अर्ब र तरलता ११ खर्ब १६ अर्ब रुपैयाँको रहेको छ।