सुन अहिलेसम्मकै सर्वाधिक महँगो, तोलाको कति पुग्यो ?

बिहीबार, जेठ २४, २०८१

नेपाली बजारमा सुनको मूल्यले आज फेरि अहिलेसम्मकै सर्वाधिक महँगो रेकर्ड कायम भएको छ। तोलामा १८ सय रुपैयाँ बढेर आज छापावाल सुनको मूल्य १ लाख ४४ हजार रुपैयाँ कामय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

त्यसैगरी आज तेजाबी सुनको मूल्य १ लाख ४३ हजार ३ सय कायम भएको छ। चाँदीको मूल्य भने एक हजार ८५० कायम भएको महासंघले जनाएको छ। हिजो छापावाल सुनको मूल्य एक लाख ४२ हजार दुई सय थियो भने तेजाबी सुनको मूल्य एक लाख ४१ हजार पाँचसय थियो। 

हिजो चाँदीको मूल्य एक हजार ८ सय २५ थियो। आज चाँदी तोलामा २५ रुपैयाँले बढेको हो।

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  ११:५०
प्रतिक्रिया दिनुहोस्