सेयरबजारमा ६.२२ अंकको हरियाली, कति भयो कारोबार ?

मंगलबार, जेठ २२, २०८१

सेयरबजार ६.२२ अंकले हरियो भएको छ। नेप्से उक्त अंकले बढेर २०८५.३० विन्दुमा कायम भएको हो। 

क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि १.९५ अंकले हरियो छ। योसँगै बजारमा ४ अर्ब ८ करोड ४७ लाख १५ हजार ८ सय ७७ रुपैयाँबराबरको कारोबार भएको छ। 

८३ लाख ५ हजार ७ सय ८६ कित्ता सेयर बिक्रीमा उक्त परिमाणको कारोबार भएको हो। बजारमा १२५ कम्पनीको सेयर मूल्य बढेको, ११४ वटाको घटेको र ८ वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ। 

आज ग्लोबल आईएमई लघुवित्तको सेयरमा सकारात्मक सर्किट लाग्दा सेयरधनीले १३१.५० रुपैयाँ प्रतिसेयर आम्दानी गरेका छन्। बाँकी कम्पनीको अधिकतम ८.२४ प्रतिशतसम्म सेयर मूल्य बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। 

घट्ने कम्पनीको ५.५१ प्रतिशतसम्म सेयर मूल्यमा गिरावट देखिएको छ। सर्वाधिक कारोबारमा भने सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी अगाडि छ। कम्पनीको २० करोड ९२ लाखको सेयर कारोबार भएको छ। 

आजको कारोबारमा जलविद्युत् र अन्य समूहको सूचक घटे पनि बाँकी सबै हरियो छन्। 

मंगलबार हिमालयन लघुवित्त, लक्ष्मी सनराइज बैंक, सानिमा इक्विटी फन्ड, एनआईबीएल समृद्धि फन्ड २, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको सेयरमा लगानीकर्ता झुम्मिएका थिए। 

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १५:२५
प्रतिक्रिया दिनुहोस्